काठमाडौं, भदौ ११ । रसुवामा आएको भीषण बाढीमा फसेका १०४ जनाको उद्धार गरिएको छ। सरकारी तथ्यांकअनुसार बिहीबार बिहान सवा ८ बजेसम्म १०४ जनाको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये रसुवाबाट ४३ जना, नुवाकोटबाट ५८ जना र धादिङबाट ३ जना रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य बिहीबार बिहानैदेखि जारी रहेको छ। प्रभावित क्षेत्रमा फसेका तथा जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकता दिइएको छ।
यसैबीच, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठकसमेत सुरु भएको छ। બેઠકमा बाढीबाट उत्पन्न संकटको व्यवस्थापन तथा राहत र उद्धारका लागि आवश्यक सहकार्यबारे छलफल भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्