काठमाडौं, भदौ ११ । चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार आएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।
चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन चिनियाँ जनमुक्ति सेना (पीएलए) परिचालन गरिएको छ।
उद्धार कार्यको प्रत्यक्ष समन्वयका लागि पीएलएको वेस्टर्न थिएटर कमान्डअन्तर्गतको निर्देशक टोली बिहीबार बिहान वाई–२० सैन्य विमानमार्फत प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो।
बुधबार आएको बाढीका कारण केरुङ क्षेत्रमा ठूलो जनधनको क्षति भएको जनाइएको छ। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि चिनियाँ सेना र स्थानीय उद्धार टोलीहरू परिचालन गरिएको छ।














प्रतिक्रिया दिनुहोस्