जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १४:२८

विपदकाे बेला आइएमईकाे सह्रानीय काम : विदेशबाट सहयोग पठाउन निःशुल्क सुविधा


काठमाडौं, भदाै ११ । प्राकृतिक विपद्‌को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ।

विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमई मार्फत सिधै निशुल्क रकम जम्मा गर्न सक्नेछन् ।

यस सुविधाले विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सहयोग पुग्ने आइएमईकाे बिश्वाश जनाएकाे छ ।

नेपालभित्रबाट समेत खल्ती बाइ आइएमई मार्फत समेत सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

आइएमईले विपद्‌को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोगका लागि हातेमालो गर्न आह्वान गर्दै प्रभावित परिवारहरूको

आइएमईले दु:खकाे यश घडीमा साथ दिन तथा राहत र पुनर्स्थापना प्रयासमा सरकारलाइ हरसम्भव सहयोग पुऱ्याउन सबैमा अपिल समेत गरेको छ।

साथै रसुवा जिल्लाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोर्नुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा परिवारजनप्रति आइएमई ग्रुप परिवार गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेकाे छ ।

आइएमईले प्रेस बिज्ञप्ति जारी गर्दै भनेकाे छ, ´यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।´