काठमाडौं, भदौ ११ । रसुवामा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३५९ पुगेको छ। नेपाल प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानमा ३५९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा १३२ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
बाढी तथा विपद्का घटनाबाट उद्धार गरिएका ६३ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, बाढीमा परी एक हजारभन्दा बढी नागरिक अझै बेपत्ता रहेको जनाइएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले तीव्रता दिएको छ।














प्रतिक्रिया दिनुहोस्