जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार २०:५८

पत्रकार टेकराज थामी अझै सम्पर्कबिहीन, खोजी कार्यमा सघाउन बिशेष अपिल


काठमाडौं, भदौ ११ । भोटेकोशी बाढीका कारण बुधवार बिहानदेखि सम्पर्कबिहीन भएका नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी अझै सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

पत्रकार थामी सम्पर्कबिहीन नै रहेकोले खोजी कार्यमा सघाउन दोलखाली पत्रकारले आग्रह गर्दै अफवाहको पछि नलाग्न अपिल गरेका छन । पत्रकार थामी दोलखाबासी हुनुहुन्छ ।

खोजपत्रकारितामा स्थापित पत्रकार तिब्बतमा बुधवारदेखि सुरु हुन लागेको एक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन मंगलवार रसुवा पुग्नुभएको थियो ।