जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार २१:०९

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ


काठमाडौं, भदौ ११ । हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ पर्नुभएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार पौडेललाई बिहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको हो। उहाँलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपमशमशेर जबराले जानकारी दिनुभयो।

सीआईबीले हिमालय सेक्युरिटिज एन्ड बैंकर लिमिटेडका सञ्चालक अध्यक्ष दीपककुमार श्रेष्ठलाई पनि बिहीबार पक्राउ गरिएको जनाएको छ।

त्यस्तै, हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक सुमेरशमशेर जबरालाई बुधबार पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ।

पक्राउ गरिएका व्यक्तिमाथि के विषयमा अनुसन्धान भइरहेको हो भन्नेबारे सीआईबीले विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन।