काठमाडौं, भदौ १२ । चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये ३८९ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा १३७ जनाको शव फेला परेको छ। रसुवामा १७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८ र तनहुँमा २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाल प्रहरीका ४ हजार ३४८ जना परिचालन गरिएको छ। बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्