काठमाडौं, भदौ १२ । ‘बझाङ्गी बाघ’ उपनामले चिनिने नेपाली फाइटर रविन्द्र ढाँट ‘रोड टू यूएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्नुभएको छ ।
चीनको सांघाईमा रहेको अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका कासिब मर्डकलाई पराजित गर्नुभएको हो । तीन राउन्डसम्म चलेको प्रतिस्पर्धामा उहाँ ‘स्प्लिट डिसिजन’का आधारमा विजयी हुनुभएको हो ।
रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्नुहुनेछ । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्नुभएको थियो ।
फाइनलमा विजयी भए रविन्द्र यूएफसीका लागि छनोट हुनुहुनेछ ।














प्रतिक्रिया दिनुहोस्