काठमाडौं, भदौ १२ । नेपालमा आएको बाढीमा बगेका सात जनाको शव भारतको उत्तर प्रदेशमा फेला परेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशको महाराजगञ्जस्थित गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरबाट तीन जनाको शव निकालिएको हो ।
फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुषको रहेको भारतीय अधिकारीहरूले बताएका छन् । नेपालमा आएको बाढीले शव बगाएर भारत पुर्याएको हुनसक्ने आशंका गरिएको छ ।
सशस्त्र सीमा बल (एसएसबी)को उद्धार टोलीले गस्तीका क्रममा नदीमा तैरिरहेका अवस्थामा शव देखेको थियो । टोलीले मोटरबोटको प्रयोग गरी शव नदीबाट निकालेर महाराजगञ्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको जनाइएको छ ।
फेला परेका शवको अझै पहिचान हुन सकेको छैन । नेपालमा भोटेकोशी तथा त्यससँग जोडिएका नदीमा आएको बाढीमा परी ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् । बाढीमा बगेका शव नदीको बहावसँगै भारतसम्म पुगेको हुनसक्ने देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्