काठमाडौं, भदौ १२ । रसुवा बाढीबाट उद्धार गरिएका २१ जना भारतीय तीर्थयात्री स्वदेश फर्किएका छन् । तमिलनाडुका ती भारतीय नागरिक शुक्रबार भारत फर्किएका हुन् ।
भारतको नयाँ दिल्लीमा विदेशमन्त्री एस जयशंकरले उनीहरूलाई स्वागत गर्नुभएको थियो । त्यस क्रममा उद्धार गरिएका भारतीय नागरिकले नेपालमा बाढीका क्रममा भोगेको अनुभव विदेशमन्त्री जयशंकरसँग साझा गरेका थिए ।
भारतीय विदेशमन्त्री जयशंकरले बाढी प्रभावित भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काउन सहयोग गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत विशेषगरी उद्धार कार्यमा खटिएका नेपाली सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्नुभएको हो ।
रसुवामा आएको बाढीपछि हालसम्म १२१ जना विदेशी नागरिकको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ८५ जना भारतीय नागरिक रहेका छन् ।
बाढीपछि भारतका १७८ जना तीर्थयात्री सम्पर्कविहीन भएको बताइएको छ । उनीहरूमध्ये बाँकीको उद्धार कार्य जारी रहेको जनाइएको छ ।














प्रतिक्रिया दिनुहोस्