जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार २३:५३

भोटेकोसीमा फेरि बढ्यो बाढी, मुग्लिनसम्मै उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं, भदाै १२ । रसुवाको भोटेकोसी नदीमा शुक्रबार राति फेरि बाढी बढेको छ ।

बाढी बढेकाेबारे जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म)मा अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।

´भदौ १२, राति ८:५४ बजे । जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोसीमा पुन: बाढी बढेकोले त्रिशुली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,´ महाशाखाले सूचभनामा भनेको छ ।