जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार २०:०८

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६ सय ६९ पुग्यो


काठमाडौँ, भदौ १३ । रसुवाको भोटेकोशी नदी र त्यसभन्दा तल त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ६ सय ६९ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार बाढीपछि जारी खोज तथा उद्धारका क्रममा चौथो दिनसम्म ६ सय ६९ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार हालसम्म दुई हजार तीन सय एक जनाको उद्धार गरिएको छ । अझै झण्डै दुई हजार पाँच सय जना सम्पर्कविहीन रहेको जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज, उद्धार तथा शव व्यवस्थापनको कामलाई निरन्तरता दिइरहेका छन् ।