जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार २०:१०

त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु


काठमाडौँ, भदौ १३ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु गरेको छ ।

सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गएको बुधबार आएको बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको हो ।

निर्देशनालयका अनुसार उद्धार अभियानका लागि नेपाली सेनाका ६२ सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका ८२ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।