काठमाडौं, भदौ १४ । रसुवाबाट बाढी आएको सूचना प्राप्त भएपछि मुग्लिन–काठमाडौं सडक खण्डमा रोकिएका सवारी साधन पुनः सञ्चालनमा आएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान रसुवाबाट पुनः बाढी आएको सूचना प्राप्त भएपछि नारायणगढबाट पोखरा, मुग्लिन र काठमाडौं जाने तथा आउने सबै प्रकारका सवारी साधन रोकिएका थिए।
पछि बाढीको ठूलो जोखिम नरहेको जानकारी प्राप्त भएपछि रोकिएका सवारी साधनलाई पुनः सञ्चालनमा ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले सबै प्रकारका रोकिएका सवारी साधनको आवागमन पूर्णरूपमा सुचारु भएको जनाएको छ।
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं बाहिरिने सवारी साधनलाई नागढुंगा र चितवन क्षेत्रमा रोकिएको थियो।
सवारी आवागमन सुचारु भए पनि जोखिमयुक्त स्थानमा नबस्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्