जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार १३:५४

भोटेकोशी बाढीमा परेका लुम्बिनी प्रदेशवासीको उद्धार र राहतमा जुट्यो एमाले, बनायो तीन रणनीति


काठमाडौं, भदौ १४ । नेकपा एमाले लुम्बिनी–काठमाडौं सम्पर्क कमिटीले बाढीपीडितको उद्धार तथा राहतका लागि बिशेष निर्णय गरेको छ ।

एमाले सचिव तथा लुम्बिनी इञ्चार्ज छविलाल बिश्वकर्माको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसमेत सहभागी प्रदेश नेताहरू सहभागी भएको बैठकले तीन वटा बिशेष निर्णय गरेको हो ।

एमाले नेता खीमलाल भट्टराईका अनुसार लुम्बिनी सम्पर्क कमिटी र भुगोलका नेताहरू सम्मिलित बैठकले बाढीमा परेका प्रदेशवासीलाई सघाउन पहलकमदी लिने योजनासहित अघि बढने निर्णय बैठकले गरेको छ ।

बैठकले लुम्बिनी प्रदेशबाट बाढीमा परेका दाजुभाई दिदीबहिनीको तथ्यांक संकलन गर्ने र उद्धारको निम्ति पहल गर्ने पहिलो निर्णय गरेको छ । यस्तै घाइतेहरूको उपचारमा आवश्यक हुने रक्तदान कार्यक्रमको आयोजना गर्ने र लुम्विनी प्रदेशका कमिटी र सम्पर्क कमिटीहरूको आन्तरिक पहलमा राहत संकलन गरी पार्टी केन्द्रमार्फत सरकारको राहत कोषमा बुझाउने निर्णय गरेको छ ।

बैठकमा एमाले सचिव तथा प्रदेश इञ्चार्ज बिश्वकर्माले प्रदेशका नागरिकको पीडामा मल्हम लगाउनु एमालेका प्रत्येक नेता–कार्यकर्ताको दायित्व भएको भन्दै उद्धार र राहतमा नेतृत्व गन अपिल गर्नुभएको थियो ।