काठमाडौं, भदौ १५ । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रमुख जिल्ला अधिकारीविरुद्ध नाराबाजी गरेका छन्।
आइतबार राति कारागारभित्र कैदीबन्दीहरूले लागूऔषध कारोबारको आरोपमा आफूहरूमाथि मानसिक दबाब दिने, पैसा माग्ने तथा गोली हान्ने धम्की दिने गरिएको आरोप लगाउँदै नाराबाजी गरेका हुन्।
कैदीबन्दीहरूले हतियारसहित प्रहरी कारागारभित्र प्रवेश गराइएको भन्दै आपत्ति जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन्। उनीहरूले प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको पक्षमा समेत नाराबाजी गरेका थिए।
कारागारभित्रको गतिविधिबारे बुझ्न प्रहरी प्रवेश गर्न खोजेपछि कैदीबन्दीहरूले मोरङ प्रहरी प्रमुखविरुद्ध पनि नाराबाजी गरेका छन्।
सामान्य अवस्थामा प्रहरीलाई कारागारभित्र प्रवेश गर्ने अधिकार हुँदैन। तर, कारागारभित्र शंकास्पद गतिविधि भएको आशंका भएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर प्रहरीले खोजतलास गर्न सक्ने व्यवस्था रहेको छ।














प्रतिक्रिया दिनुहोस्