काठमाडौं, भदौ १८ । गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन भएको छ ।
तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्याय मंगलबार पर्साको वीरगन्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा अचेत अवस्थामा भेटिनुभएको थियो ।
स्थानीयले उहाँलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उहाँलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पुर्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार उपाध्यायलाई अचेत अवस्थामै अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले उहाँको निधन भइसकेको जानकारी गराएका थिए ।
उहाँको शव नारायणी अस्पतालमै राखिएको छ । परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरी प्रवक्ता मल्लले जानकारी दिनुभयो ।
उपाध्याय गोरखापत्र दैनिकको महाप्रबन्धकका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्