काठमाडौं, भदौ १८ । पाल्पामा बाढीले बगाउँदा दुई युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय प्रविन पुनको बाढीमा बगेर मृत्यु भएको हो।
भदौ १५ गते बेलुकीदेखि बेपत्ता भएका उनीहरू बुधबार दिउँसो स्थानीय कञ्चन खोलामा मृत अवस्थामा फेला परेका हुन्।
उनीहरू सवार लु.२१ प ९८७६ नम्बरको मोटरसाइकल पनि खोलामा क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्