काठमाडौं, भदौ २५ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट पुग्नुभएको छ ।
भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि देउवा बिहीवार नुवाकोट पुग्नुभएको हो । निरीक्षणका लागि देउवा नुवाकोटकै नेता पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वसञ्चारमन्त्री मोहन बस्नेतसहितका नेताहरूलाई साथमै लिएर जानुभएको हो । उहाँले नुवाकोटको ढुंगे क्षेत्रमा बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्नुभएको छ ।
देउवा पुगेलगत्तै उहाँका टीममा रहनुभएका कांग्रेस नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउदलगायत पनि नुवाकोट पुग्नुभएको छ ।















प्रतिक्रिया दिनुहोस्