काठमाडौं, भदौ २५ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमणलाई औपचारिक स्वीकृति दिएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा अमेरिका जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ । महासभामा सहभागिता जनाएर टोली असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
महासभामा प्रधानमन्त्री शाहले नेपालका तर्फबाट सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्नुहुनेछ ।














प्रतिक्रिया दिनुहोस्