जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार १०:०४

राष्ट्रिय युवा संघ नेपाल लमजुङको ११ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा प्रदीप घिमिरे


 काठमाडौं, भदौ २८ । राष्ट्रिय युवा संघ नेपाल लमजुङको ११ औँ जिल्ला अधिवेशन रूपमा सम्पन्न भएको छ। अधिवेशनले प्रदीप घिमिरेको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ।

अधिवेशनबाट उपाध्यक्षमा विकास तामाङ, सचिवमा विनायक दवाडी, सहसचिवमा खेम घले र ईश्वर दर्लामी तथा कोषाध्यक्षमा खेमेन्द्र गुरुङ चयन हुनुभएको छ।

अधिवेशनले संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै युवाका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।