काठमाडौं, भदौ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जेनजी विद्रोहपछि जनतामा आशा जाग्ने अवस्था सिर्जना हुन नसकेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको बताउनुभयो । उहाँले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गर्नुभयो ।
जेनजी विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको उहाँको भनाइ थियो । जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको उहाँले दाबी गर्नुभयो ।
लिङ्देनले राजनीतिक परिस्थितिमा तरलता बढ्दै गएको र मुलुकको भविष्यबारे अनिश्चयसमेत गहिरिँदै गएको बताउनुभयो ।
जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा देश अघि बढ्न नसक्दा विद्रोहपछि पनि अपेक्षित परिवर्तनको अनुभूति हुन नसकेको उहाँले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्