जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार १८:११

सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ


काठमाडौं, भदौ ३१ । सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१ का २३ वर्षीय प्रशान्त जयसवाललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार जयसवालको सामाजिक सञ्जालमार्फत विदेशी महिलासँग चिनजान भएको थियो। चिनजानपछि प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्वीर महिलाका परिवारका सदस्यलाई पठाएको आरोप उनीमाथि छ।

जयसवालविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।

अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले जयसवाललाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको ब्युरोले जनाएको छ।