जनता टाइम्स

४ आश्विन २०८३, आईतवार ०७:१८

४३ जिल्लाका ३ हजार ३९६ वडामा कांग्रेसको अधिवेशन सम्पन्न


काठमाडौं, असोज ४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुर र कैलालीसम्मका ४३ जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लाका वडा अधिवेशन भने भोलि असोज ४ गते पनि जारी रहनेछ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनपछि क्रमशः पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तहका अधिवेशन हुने कार्यतालिका रहेको छ ।