काठमाडौं, असोज १३ । बाराको सिम्रौनगढ नगरपालिका–२ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अमृतगञ्जका ५० वर्षीय जयप्रकाश कुसवाह रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा बोर्डर आउट पोस्ट गोलागञ्जबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर मल्लको कमान्डमा खटिएको टोलीले उनीलाई सोमबार साँझ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उहाँको साथबाट दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोली बरामद भएको छ ।
पक्राउ पर्नुभएका कुसवाहलाई बरामद हतियार तथा गोलीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्