संखुवासभा, असोज १४ । संखुवासभाको भोटखोला गाउँपालिका–४, ठाडोखोलामा आएको बाढीले ४८ वटा बाख्रा बगाएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार भोटखोला–४ का नवीन गुरुङको खोरमा राखिएका ४८ वटा बाख्रा बाढीले बगाएको हो।
ठाडोखोला नजिकै पुलमुनि बनाइएको खोरमा बाख्रा राखिएको थियो। अचानक आएको बाढीले खोरसहित बाख्रा बगाएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै मंगलबार स्याक्सिलागोला प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
ठूलो संख्यामा बाख्रा बगेपछि लाखौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्