जनता टाइम्स

१४ पुष २०७६, सोमबार १०:१०

अघि बढ्यो मेची–महाकाली रेलमार्गको काम : भरतपुर–निजगढ खण्डको भयो डीपीआर सम्झौता


काठमाडौं, पुस १४ । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणको काम अघि बढेको छ । रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि सम्झौता भएसँगै काम अघि बढेको हो ।

रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरईईसी–एफबीसी जेभीबीच यही पुस ६ गते डीपीआर सम्झौता भएको छ । विभागका महानिर्देशक बलराम मिश्रले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार आगामी १५ महिनाभित्र डीपीआर सम्पन्न गर्ने गरी परामर्शदातासँग सम्झौता भएको छ । डीपीआर सुरु गर्नु पूर्वपरामर्शदातालाई एक महिनाको मोबिलाइजेसनको समय दिइएको छ। मिश्रका अनुसार परामर्शदाताले २०७७ वैशाखमा डीपीआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्नेछ।

परामर्शदाताले डीपीआरका लागि विदेशी साझेदारले १२ लाख ८५ हजार चार अमेरिकी डलर र नेपाली साझेदारका लागि १२ करोड नौ लाख ८० हजार ६ सय ५२ रुपैयाँ प्रस्ताव गरेको थियो। विभागले २०७५ असोज ६ गते निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रमा रेलमार्गको पुनःडीपीआर तयार गर्न विश्वव्यापी आसय मागेको थियो। मेची–महाकाली रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआर निर्माण गर्न १३ वटा परामर्शदाताले आवेदन बुझाएका थिए। विभागको मूल्यांकन समितिले कार्य क्षमताका आधारमा ६ वटा परामर्शदाताको प्रारम्भिक सूची तयार गरेको थियो। २०७५ पुस १८ गते सूचीकृत भएका परामर्शदातासँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको थियो। यी परामर्शदाताको प्राविधिक र आर्थिक प्रस्ताव २०७६ वैशाख १३ गते खोलिएको थियो। परामर्शदाताको प्राविधिक तथा आर्थिक प्रस्ताव खोलिएको ९ महिना पनि डीपीआरका लागि सम्झौता भएको हो।

विभागको प्रारम्भिक सूचीमा परेका परामर्शदातामध्ये युसिन–बार्सल–सीआरईईसी–एफबीसी जेभी प्राविधिक तथा आर्थिक क्षमताका आधारमा निजगढ–मकवानपुर–भरतपुर रेल खण्डको डीपीआरका लागि योग्य देखिएको थियो। उसले प्राविधिक क्षमतार्फत ९२।५७ अंक प्राप्त गरेको छ। डीपीआर तयार गर्न विदेशी साझेदारका तर्फबाट १२ लाख ८५ हजार चार सय अमेरिकी डलर र नेपालीका लागि १२ करोड नौ लाख ८० हजार ६ सय ५२ रुपैयाँ प्रस्ताव गरेको छ। यो परामर्शदाताले तोकिएकै रकममा निजगढ–मकवानपुर–भरतपुर रेल खण्डको डीपीआर अघि बढाउनेछ। सियुआन–ईआरएमसी जेभीले प्राविधिक क्षमताका आधारमा ८९.२ अंक प्राप्त गरेको थियो। उसले डीपीआरका निर्माण गर्न विदेशी साझेदारका लागि १२ लाख २१ हजार दुई ५० अमेरिकी डलर र नेपाली साझेदारका लागि १७ करोड चार लाख २८ हजार तीन सय रुपैयाँ प्रस्ताव गरेको थियो।

पीईसी–सुसङ–केआरएनए–आरभी जेभीले प्राविधिक क्षमताका आधारमा ८६.७१ अंक प्राप्त गरेको थियो। उसले विदेशी साझेदारका लागि १६ लाख ९८ हजार तीन सय ५० अमेरिकी डलर र नेपाली साझेदरका लागि १२ करोड ३८ लाख ७४ हजार तीन सय ५० रुपैयाँ प्रस्ताव गरेको थियो। आईसीटी–युकसेल जेभीले प्राविधिक क्षमताका आधारमा ८६.४९ अंक प्राप्त गरेको थियो। उसले विदेशी साझेदारका लागि २८ लाख ८५ हजार ६० अमेरिकी डलर र नेपाली साझेदरका लागि १७ करोड आठ लाख पाँच हजार एक सय १० रुपैयाँ प्रस्ताव गरेको थियो। राइट्स–बीडीए जेभीले प्राविधिक क्षमताका आधारमा ८४.३३ प्रतिशत अंक प्राप्त गरेको थियो। उसले विदेशी साझेदारका लागि ११ लाख १४ हजार आठ सय अमेरिकी डलर र नेपाली साझेदारका लागि १४ करोड ३३ लाख ९९ हजार सात सय रुपैयाँ प्रस्ताव गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मेची महाकाली रेलमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्नुभएको छ । प्रधानमन्त्री ओलीकै योजनाअनुसार मेची महाकाली बिद्युतीय रेलमार्गको काम अघि बढेको हो 

प्रधानमन्त्री केपी शर्मा ओलीले मेची महाकाली रेलमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्नुभएको छ । प्रधानमन्त्री ओलीकै योजनाअनुसार मेची महाकाली बिद्युतीय रेलमार्गको काम अघि बढेको हो । गत महिनामात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री बशन्त नेम्वाङले पनि प्रधानमन्त्री ओलीको यो सपना साकार पार्न सक्रिय हुनुभएको छ । प्रधानमन्त्री र मन्त्रीले तोकेता गरेसँगै रेल मार्ग निर्माणको काम तीब्र गतिमा अघि बढेको हो ।