जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार ०७:०१

डलर, युरो, पाउन्ड र दिनारको मूल्यमा ठूलो गिरावट, यस्तो छ आजको विनिमयदर


काठमाडौं, असोज २७ । अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्टर्लिङ, कुवेती र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर १ रुपैयाँ ५४ पैसाले घटेर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ रुपैयाँ ५४ पैसाले घटेर १५३ रुपैयाँ ५४ पैसा कायम भएको छ। सोमबार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८ पैसा थियो।

त्यस्तै, युरोको खरिददर १७१ रुपैयाँ ३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। सोमबार युरोको खरिददर १७३ रुपैयाँ ५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा थियो।

पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा थियो।

अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३ पैसा निर्धारण गरिएको छ। सोमबार अस्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा थियो।

कुवेती दिनारको खरिददर ४९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २६ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा थियो।

त्यसैगरी, बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। सोमबार यसको खरिददर ४०९ रुपैयाँ ६ पैसा र बिक्रीदर ४१० रुपैयाँ ६४ पैसा थियो।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने राष्ट्र बैंकको दरभन्दा फरक हुन सक्नेछ। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।