काठमाडौं, असोज २५ । दसैँको घटस्थापनाका दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ ।
गत शुक्रबार सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेर २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढेको छ । शुक्रबार तोलाको ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ४४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्