जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार १९:२०

एनएमबि बैंक र र्यापिड टेक बीच’ नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवाविस्तारका लागि सम्झौता


काठमाडौं, असोज २६ । एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्याडिड टेक प्रा. लि. (Rapid Tech Pvt. Ltd.) सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ ।

व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदानगर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो।

यस सहकार्य पश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाडै नै आफ्नो बैंकिङ्ग प्रणाली भीत्रै रहि रकमभुक्तानी, हिसाब मिलान (Reconciliation), र बैंकिङ्ग कारोबारहरू तुरुन्तै गर्न सक्नेछन्।

त्यसैगरी, साना तथा मझौला ग्राहकहरूले पनि व्यापारिक केन्द्रहरू तथाविभिन्न डिजिटल प्लेटफर्महरूमा अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन्। निकट भविष्यमा सञ्चालनमा आउने यस सुविधाले अनावश्यक झन्झट हटाई ग्राहकहरूको समय बचत गर्नुका साथै वित्तीय कारोबारलाई अझ सरल बनाउन मद्दत पुर्याउनेछ ।

एनएमबि बैंकले हाल देशभरी १९७शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदानगदै आइरहेको छ ।