जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार १९:५०

कांग्रेसको बहिष्कारबीच सुदूरपश्चिम सरकारको बजेट पारित


धनगढी, असोज २७ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बहिष्कारबीच प्रदेशसभाबाट बहुमतले पारित भएको छ।

बजेटमाथि विवाद चर्किएपछि कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गरिएको कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो।

कांग्रेसको अनुपस्थितिमा भएको छलफलपछि प्रदेशसभाले बजेट पारित गरेको हो। बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीभित्र भने बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ।

सहमतिअनुसार संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने तयारी छ।

आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो।