जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार १९:२१

विजय पौडेलको अकस्मात निधनपछि सववेदना दिन घरमै पुगे एमाले अध्यक्ष ओली


काठमाडौं, असोज २७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ।

अध्यक्ष ओलीले आज काठमाडौंस्थित पौडेलको निवासमा पुगेर पूर्वमन्त्री मोदनाथ प्रश्रितलगायत परिवारका सदस्यहरूसँग भेट गरी दुःख व्यक्त गर्नुभएको हो।

अध्यक्ष ओलीले दिवंगत डा. पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो।

अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेललगायत पार्टीका नेताहरू पनि दिवंगत पौडेलको निवास पुग्नुभएको थियो।