काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्यमा संसदीय दलकी प्रमुख सचेतक वासना थापा सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ।
थापाले ५ हजार १९३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गर्नुभएको हो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि उहाँ केन्द्रीय सदस्य चयन हुनुभएको थियो।
महिला खुलातर्फ कांग्रेस सांसद उर्मिला थपलिया र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा सदस्य थपलियाले ३ हजार ९७० र प्रदेशसभा सदस्य गिरीले ३ हजार ९०६ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी, पूर्वसांसद कुसुमदेवी थापा र पूर्वराष्ट्रियसभा सदस्य धनाकुमारी थापा पनि महिला खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। कुसुमदेवीले ३ हजार २५० र धनाकुमारीले ३ हजार २३१ मत प्राप्त गर्नुभएको छ।
यसैगरी, विनिता खड्का, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी र मुना भुसाल पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
निर्वाचन समितिका अनुसार खड्काले २ हजार ८६६, देवकोटाले २ हजार ८५३, पाण्डेले २ हजार ७००, अधिकारीले २ हजार ६५८ र भुसालले २ हजार ५१४ मत प्राप्त गर्नुभएको छ।
यससँगै महिला खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित नेतृहरूले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने अवसर पाउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्