काठमाडौं, असोज ३० । काठमाडौंको सतुङ्गलमा एउटा मालबाहक ट्रक घरभित्र पसेकाे छ । साे दुर्घटनामा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ । दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ९ः१५ बजे बागमती प्रदेश ०३–००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक घरभित्र पसेर दुर्घटना भएको हो । ट्रक घरभित्र पस्दा त्यहाँ रहेका तीनवटा पसल र बागमती प्रदेश ०२–०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र एक जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्