काठमाडौं, असोज ३० । माछापुच्छ्रे बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा पोखराको होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । असोज २८ गते सम्पन्न साधरण सभाले बिभिन्न निर्णयहरू गरेको छ ।
बैंकले जनाएअनुसार साधारण सभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतोलाई निर्विरोध रुपमा सञ्चालक निर्वाचित गरेको छ । यसैगरी सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वप्रकाश गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
सो निर्णयपश्चात तत्कालै बसेको सञ्चालक समिति बैंठकले बैंक अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन केसीलाई पुनः नियुक्ति गर्ने निणर्य गरेको छ ।
यसका साथै, सोही साधारण सभाले बैंकको आर्थिक बर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्ता पूँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर गरी जम्मा ६ प्रतिशत (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी रु. १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयरसहित बैंकको चुक्ता पुँजी रु. १५ अर्ब ४५ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा रु. १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिशेयर आम्दानी रु. १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो।
साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्