काठमाडौं, कात्तिक २ । नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। सोमबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९० हजार १ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले बढेको छ। आइतबार ५० रुपैयाँले घटेको चाँदी सोमबार तोलाको ४ हजार १ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार १ सय ५० रुपैयाँ थियो।














प्रतिक्रिया दिनुहोस्