काठमाडौं, असोज २९ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्गीय संरचना परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताउनुभएको छ।
एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा उहाँले जातीय र लैङ्गिक विभेदलाई समेत समेटेर नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो।
खतिवडाका अनुसार नेपालका करिब ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन्। कृषि क्षेत्रको व्यावसायीकरण कमजोर रहेको उल्लेख गर्दै उहाँले बदलिँदो अर्थतन्त्रअनुसार वर्ग संरचना र उत्पादन सम्बन्धको विश्लेषण आवश्यक रहेको बताउनुभयो।
उहाँले बौद्धिक सम्पत्ति, प्राविधिक ज्ञान, सीप र अन्वेषण नयाँ वर्ग निर्माणका महत्त्वपूर्ण आधार बन्दै गएको पनि बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्