काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको दलित क्लष्टरतर्फको मतगणना सम्पन्न भई निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयमा सम्पन्न मतगणना अनुसार विभिन्न पदमा विजयी हुने उम्मेदवारहरूको विवरण यस प्रकार रहेको छ :
- केन्द्रीय सहमहामन्त्री पद (दलित) : १ जनाका लागि भएको निर्वाचनमा प्रकाश रसाइली स्नेही ४८०३ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नरेन्द्र पासवानले ७७२ र मान बहादुर नेपालीले ११२० मत प्राप्त गर्नुभएको थियो।
- केन्द्रीय सदस्य पद (दलित – ५ जना) :
- कमला नेपाली (२५५३ मत) – निर्वाचित
- छायाँ सुनार (२११२ मत) – निर्वाचित
- रुपा वि.क. (२६४९ मत) – निर्वाचित
- शान्ति परियार (वि.क.) (२९६४ मत) – निर्वाचित
- सिता मिजार (३४३३ मत) – निर्वाचित
- केन्द्रीय सदस्य पद (दलित मधेशी – १ जना) :
- धर्मेन्द्र पासवान ३१०५ मत प्राप्त गरी विजयी हुनुभएको छ।
- केन्द्रीय सदस्य पद (दलित खुला – ८ जना) :
- अम्मर बहादुर बराईली (१६९९ मत) – निर्वाचित
- डा. डि.वी. सुनार (३८७४ मत) – निर्वाचित
- दीपक सोनी (१६३० मत) – निर्वाचित
- मन्जित ताम्राकार (१८९५ मत) – निर्वाचित
- राजु परियार (१७०० मत) – निर्वाचित
- शिव बहादुर सुनार (१९२९ मत) – निर्वाचित
- सागर परियार (२५७३ मत) – निर्वाचित
- हरिचरण नेपाली (२४७४ मत) – निर्वाचित

















प्रतिक्रिया दिनुहोस्