भक्तपुर, असाेज २९। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सूर्यविनायक नगरपालिकालाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका’ घोषणा गरिनु बालअधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण र बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ।
सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने आजकाे कार्यक्रममा बाेल्दै उहाँले साे कुरा बताउनुभएकाे हाे । उहाँले आफूलाई साे विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै नगरपालिकाका १० वटै वडाले बालमैत्री स्थानीय शासनका आवश्यक सूचक तथा मापदण्ड पूरा गर्नु प्रशंसनीय उपलब्धि भएको बताउनुभयाे । उहाँले यस उपलब्धिका लागि नगरप्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा नगरवासीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयाे ।

मुख्यमन्त्री थापा मगरले बालबालिकामा आज गरिने लगानी नै भोलिको समृद्ध प्रदेश र समुन्नत राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्नुभयाे। बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूका लागि सुरक्षित, समावेशी र बालमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयाे ।
बालमैत्री स्थानीय शासनको प्रभावकारी र दिगो कार्यान्वयनका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले बालबालिकाको समग्र विकास र उज्ज्वल भविष्य सुनिश्चित गर्ने अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।














प्रतिक्रिया दिनुहोस्