नुवाकोट, कात्तिक ७ । नुवाकोटको पूर्वी भेगस्थित लिखु गाउँपालिका–६, छहरे बजारमा पसल तोडफोड गरी चोरी भएको छ ।
बिहीबार राति स्थानीय ज्ञानबहादुर डंगोलको पसलको झ्यालको ग्रिल फुटाएर चोरहरूले चुरोट, नगद तथा अन्य जिन्सी सामान लगेका छन् । प्रहरीका अनुसार चोरीबाट नगद र सामान गरी करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
चाडपर्वको समयमा बजार क्षेत्रमै पसल तोडफोड गरी चोरी भएपछि स्थानीय व्यवसायीहरूमा चिन्ता बढेको छ ।
स्थानीयवासी विक्रम आचार्यले बजार क्षेत्रको सुरक्षा व्यवस्था थप कडा र प्रभावकारी बनाउनुपर्ने माग गर्नुभएको छ । चाडपर्वका बेला चोरीका घटना बढ्न सक्ने भएकाले सर्वसाधारण र व्यवसायी स्वयं पनि सजग र सचेत रहनुपर्ने उहाँको भनाइ छ ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्