काठमाडौं, कात्तिक १० । काठमाडौं उपत्यकामा प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा पछिल्लो २४ घण्टामा ७५ जना पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार पक्राउ पर्नेमा ६० पुरुष, १४ महिला र एक जना अन्य छन् ।
सार्वजनिक स्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपास र नागरिकको बढी आवतजावत हुने क्षेत्रमा केन्द्रित भएर अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
सार्वजनिक स्थल तथा यातायातमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, चोरी–लुटपाट गर्ने, बिचौलिया गतिविधि र गुण्डागर्दीमा संलग्न व्यक्तिलाई लक्षित गरी अभियान चलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये अदालतबाट दोषी ठहर भई सजाय तोकिएका आठ जना र फरार सूचीमा रहेका चार जना पनि छन् ।














प्रतिक्रिया दिनुहोस्