काठमाडौं, कात्तिक १० । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ।
फेला पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र २२ वर्षीया अप्सरा राई रहेका छन्। पुर्कुटीको शव उदयपुरको कटारी नगरपालिका–१४ लेखानीमा आइतबार फेला परेको थियो भने राईको शव सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा सोमबार भेटिएको प्रहरीले जनाएको छ।
गत कात्तिक १ गते राति काठमाडौंबाट यात्रु लिएर खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको जीप सुनकोशीमा खसेको थियो। दुर्घटनामा लफ्याङकै २६ वर्षीय रोशनकुमार मग्राती पनि बेपत्ता भएका थिए।
मग्रातीको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा जीप चालकसहित चार जना घाइते भएका थिए।














प्रतिक्रिया दिनुहोस्