जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार ०७:५०

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ


काठमाडौं, कात्तिक १० । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ गएराति पक्राउ पर्नुभएको छ ।

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्तिको विरोध गरेको भन्दै प्रहरीले मध्यराति घरमा सुतिरहेको अवस्थामा खाँलाई पक्राउ गरेको महाअभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिनुभएको छ ।

आनी छोइङ उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले विरोध गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

मध्यरातमा संयोजकमाथि गरिएको धरपकडप्रति महाअभियानले सरकारको कदमको कडा शब्दमा भर्त्सना गरेको छ । साथै, महाअभियानले संयोजक खाँलाई निःशर्त रिहा गर्न माग गरेको छ ।