जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार १४:२२

एमालेका तीन मनोनित केन्द्रीय सदस्यले लिए शपथ


काठमाडौं, कात्तिक ११ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय कमिटीका तीन सदस्यलाई शपथ ग्रहण गराउनुभएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शपथ ग्रहण गर्न बाँकी रहनुभएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउनुभएकाे हाे । शपथ लिनेमा  मोहम्मद इस्तियाक राई, डा. पुष्पा के.सी. भण्डारी र इन्दु कडरिया विष्ट रहनु भएकाे छ । 

शपथ ग्रहणसँगै उहाँहरूले पार्टीको केन्द्रीय कमिटी सदस्यका रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया पूरा गर्नुभएको छ।