जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार १५:३९

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ


काठमाडौं, कात्तिक ११ । नेकपा एमालेका मनोनीत तीन केन्द्रीय सदस्यले बुधबार शपथ ग्रहण गर्नुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई केन्द्रीय कमिटी सदस्यको शपथ गराउनुभएको हो ।

गत असोजको पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले मनोनीत गरेका अन्य केन्द्रीय सदस्यले भने यसअघि नै शपथ ग्रहण गरिसक्नुभएको थियो ।