काठमाडौं, कात्तिक ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले छिमेकी मुलुकलाई गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो नहुने बताउनुभएको छ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद खरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा सद्भाव र मित्रभाव मात्रै व्यक्त गर्नुभएको स्पष्ट पार्नुभयो।
छिमेकी मुलुकसँग मिलेर अघि बढ्ने उद्देश्यले अर्थमन्त्री वाग्लेले उक्त अभिव्यक्ति दिनुभएको उहाँको भनाइ थियो।
सांसद खरेलले भारतसँग देखिएका सीमा विवादलगायत अन्य समस्यालाई कूटनीतिक पहल र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, रास्वपा जिम्मेवार ढङ्गले अघि बढ्न तयार रहेको उल्लेख गर्दै उहाँले विपक्षी दलहरूलाई गाली गर्ने राजनीतिमा आफूहरू नलाग्ने बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्