काठमाडौं, कात्तिक ११ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पाँच–पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको छ।
बुधबार बयानपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले दुवै जनालाई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो।
यसअघि नै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे धरौटीमा रिहा भइसकेका छन्।














प्रतिक्रिया दिनुहोस्