जनता टाइम्स

१३ कार्तिक २०८३, शुक्रबार ०८:४५

एमाले बागमती प्रदेश सचिवालय बैठक कात्तिक १८ र प्रदेश कमिटी बैठक २८ र २९ गते बस्ने


काठमाडौं, कात्तिक १३ । नेकपा (एमाले) बागमती प्रदेश पदाधिकारी बैठक सम्पन्न भएको छ। बैठकले प्रदेश सचिवालय तथा प्रदेश कमिटी बैठकको मिति र प्रस्तावित कार्यसूची तय गरेको पार्टी सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयाे।

बस्नेतका अनुसार प्रदेश सचिवालय बैठक आगामी २०८३ कात्तिक १८ गते काठमाडौंमा बस्नेछ। त्यस्तै, प्रदेश कमिटी बैठक कात्तिक २८ र २९ गते काठमाडौंमै आयोजना गर्ने निर्णय भएको छ।

पदाधिकारी बैठकले तय गरेको मितिअनुसार प्रदेशस्तरीय दुवै बैठक काठमाडौंमा सञ्चालन हुनेछन्।