जनता टाइम्स

१२ माघ २०७६, आईतवार १७:४९

प्रधानमन्त्री भेट्न आतुर सभामुख सापकोटा


काठमाडौं, माघ १२

आइतवार सभामुख चयनका लागि संसदको बैठकमा रोमाञ्चक दृश्य देखिएको छ । सभामुख अग्नी सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्ताले संसदमा रोचक दृश्य देखिएको हो ।

ज्येष्ठ सदस्यको रुपमा सभामुखको भूमिकामा रहेका राजपा नेता महन्थ ठाकुरले अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्नासाथ सापकोटा प्रधानमन्त्री ओली भेट्न जानु भएको थियो । उहासबैभन्दा पहिला प्रधानमन्त्रीलाई भेटेर शुभकामना लिने दाउमा रहँदा आडैमा रहनु भएकी पूर्वसभामुख ओनसरी घर्तिमगरले सापकोटालाई खादा लगाइदिनु भयो ।

सापकोटा भने सबैभन्दा पहिले अर्को छेउमा रहनु भएका प्रधानमन्त्री ओलीलाई भेट्न त्यसतर्फ जान खोजिरहनु भएको थियो । त्यसबीच उहालाई बधाई दिन चाहने धेरै सांसदहरुको घेराबन्दीमा पर्नुभयो । कतिपयले बधाई दिदै खादा लगाईरहँदा पनि उहाको आखा भने प्रधानमन्त्रीतर्फ नै केन्द्रीत थियो ।

ओनसरी पछि पूर्वसभामुख सुवास नेम्वाङ, देव गुरुङले बधाई दिनुभयो । उहाको ध्यान अझै प्रधानमन्त्री तर्फ नै थियो तर, बीचमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै खादासहित अगाडि देखिएपछि एकैछिन रोकिनु भयो । घेरामा पर्दा पनि सापकोटाको ध्यान र आँखा भने प्रधानमन्त्री ओलीतर्फै थियो । केही सा‌ंसदहरुका हात पन्छाउँदै सापकोटा ओलीतर्फ लम्किदै पुग्नु भयो । र नमस्कार गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।