जनता टाइम्स

२० माघ २०७६, सोमबार २०:२०

पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो, ग्यासको बढ्यो


काठमाडौं, माघ २० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटबढ गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ घटाएको छ भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ । यो मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।